बाढीले अवरुद्ध त्रिवेणी-ताम्ती सडकको ट्र्याक खुल्यो

जुम्ला- बाढीले अवरुद्ध त्रिवेणी–ताम्ती सडक खण्डको ट्र्याक खुलेको छ । सडक डिभिजन कार्यालय जुम्लाले आफ्नै कर्मचारी परिचालन गरी डोजर भाडामा लिएर बाढीले कटान गरेको ४ सय मिटर सडकको साइडबाट ट्र्याक खोल्ने काम सकेको हो ।
तिलाका स्थानीय प्रेम बस्नेतले सडक डिभिजन जुम्लाले त्रिवेणी–ताम्ती सडक मर्मतको काम तीव्र गतिमा गरेको बताए । ‘अवरुद्ध सडक खोलेपछि भेरीखोला क्षेत्रका नागरिकलाई केही सहज भएको छ,’ उनले भने । सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर सन्तोष भण्डारीले अवरुद्ध भएको २० किलोमिटर सडकमध्ये बाढीले ४ सय मिटर सडक पूरै कटान गरेको र मान्छे हिँड्नसमेत बाटो नभएको बताए ।
‘हामीले टोप्लासम्म सडकको साइडबाट ट्र्याक खोल्ने काम सकेका छौं । अब चाँडै ग्याविन पर्खाल निर्माण कार्य अघि बढ्छ,’ उनले भने । त्रिवेणीदेखि ताम्तीसम्मको कटान भएको सडकमा ग्याविन पर्खाल निर्माण गरिने भएको छ । कटान भएको क्षेत्रमा ग्याविन पर्खाल निर्माणका लागि गत आर्थिक वर्षको दुई करोड रुपैयाँ बचतबाट ठेक्का आह्वान गरिएको छ ।
भेरीखोला क्षेत्रका नागरिकको आवतजावतलाई सहज बनाउन तथा खाद्यान्न ढुवानी गर्नका लागि बाढीले कटान गरेको सडक निर्माणलाई सडक डिभिजनले द्रुत गतिमा अघि बढाएको इन्जिनियर भण्डारीको भनाइ छ । टोप्लासम्म ट्र्याक खोल्ने काम सकिएको र अब चाँडै ग्याविन पर्खाल निर्माणको कार्य अघि बढाइने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । कात्तिक पहिलो साता परेको वर्षासँगै आएको बाढीले सडक कटान गरेपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध बनेको हो । बाढीका कारण उक्त सडकको करिब २० किमि भाग क्षति भएको थियो भने करिब ४ सय मिटर सडक बाढीले कटान गरेको थियो ।

एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन, अपार्टमेन्टमा पनि इन्सुलेशनकाे लाग…

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

एकतिस वर्षपछि महुरे–फोक्सिङटार सडक कालोपत्र हुँदै

दीपक माविका विद्यार्थी च्याउखेतीमा

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

कर्पोरेट महिला बाइक र्याली २०२५ सम्पन्न, साहसिकता र सशक्तीकरणको सन्देश

सुनको मूल्यमा गिरावट

प्रतिक्रिया