बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

कांग्रेस खोटाङ सभापतिमा चार जना भिड्दै

खोटाङ - खोटाङमा नेपाली कांग्रेसको जिल्ला सभापतिका लागि चार नेताले उम्मेद्वारी घोषणा गरेका छन् । मंसिरमा ६ गते हुने जिल्ला अधिवेशनका लागि पूर्वराज्यमन्त्री सर्वधन राई, पूर्वसभापति विष्णु राई, महासमिति सदस्य रविप्रकाश राई र महाधिवेशन प्रतिनिधि भूपेन्द्र राई सभापति पदका लागि चुनावी मैदानमा उत्रिएका हुन् । सभापतिका आकांक्षी चार नेताले आफ्नो प्यानल खडा गरेर फरक–फरक समयमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पूर्वराज्यमन्त्री सर्वधन र महासमिति सदस्य रविप्रकाश सभापति देउवानिकट मानिन्छन् । पूर्वसभापति विष्णु राई र महाधिवेशन प्रतिनिधि भूपेन्द्र सिटौलानिकट मानिन्छन् । पूर्वसभापति विष्णु आफ्नो प्यानलबाट उपसभापतिमा इवन राई र तीर्थराज भट्टराई, सचिवमा ज्ञानेन्द्र जोशी र समीर राई, सहसचिवमा सार्जन राई र सालिकराम बञ्जरालाई उठाउने तयारीमा छन् ।

यस्तै, पूर्वराज्यमन्त्री सर्वधनको प्यानलबाट उपसभापतिमा मनोज तिम्सिना, सचिवमा रोजन राई, सहसचिव ध्यानबहादुर राईको नाम टुंगिएको छ । महाधिवेशन प्रतिनिधि भूपेन्द्रको टिमबाट उपसभापतिमा चन्द्र थापा, सचिव श्याम राई र सहसचिवमा ध्यान राईलाई अघि सारिएको छ । महासमिति सदस्य रविप्रकाशको भने प्यानल फाइनल हुन बाँकी छ । 

पूर्वराज्यमन्त्री सर्वधन र महाधिवेशन प्रतिनिधि भूपेन्द्रको प्यानलमा एक उपसभापति, एक सचिव र एक सहसचिवको पद भने रिक्त राखिएको छ । अन्य प्यानलसँग सहकार्य गर्ने रणनीति स्वरूप केही पद रिक्त राखिएको स्रोतले बताएको छ । दुवै प्यानलको सहसचिवमा ध्यानबहादुरको नाम राखेको पाइएको छ । क्षेत्रीय कार्यसमिति (प्रदेश)को अधिवेशनको नतिजा हेरेर बाँकी पदमा फरक टिमसँग एलायन्स गर्ने योजनासहित पद रिक्त राखिएको पूर्व राज्यमन्त्री राईको प्यानलबाट सचिवका उम्मेदवार बनेका नेता रोजन राईले बताए ।

क्षेत्रीय अधिवेशनपछि अन्य टिमसँग मिल्ने अवस्था आए सहकार्य गरिने कांग्रेस जन्तेढुंगा गाउँ कार्यसमिति सभापति बाजिन्द्र विष्टले बताए । ‘मिल्ने अवस्था आए रिक्त पदमा अन्य टिमका नेतालाई राखिन्छ, मिल्ने अवस्था नभए आफ्नै प्यानल तयार हुन्छ,’ भूपेन्द्रको प्यानलमा रहेका विष्टले भने, ‘अन्य टिमसँग सहकार्य हुनेरनहुने टुंगो क्षेत्रीय कार्यसमितिको अधिवेशनपछि लाग्छ ।’

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

प्रकाशमान सिंहको पहलपछि बबरमहल र मिनभवनमा लिफ्टसहितको आकाशेपुल बन्दै

प्रकाशमान सिंहको पहलपछि बबरमहल र मिनभवनमा लिफ्टसहितको आकाशेपुल बन्दै

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः महामन्त्री शर्मा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः …

एमालेमा आफ्नो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछः भण्डारी

एमालेमा आफ्नो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछः भण्डारी

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका सदर भएका छौं : शेखर कोइराला

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…