सर्वोच्चले तयार पार्यो गोलाप्रथाद्वारा मुद्दा हेर्ने कार्यविधि मस्यौदा

काठमाडौँ - सर्वोच्च अदालतले गोलाप्रथाद्वारा मुद्दा सुनुवाइ गर्नेसम्बन्धी कार्यविधिको मस्यौदा तयार पारेको जनाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गोलाप्रथाको मस्यौदा तयार भएको भन्दै फुलकोर्ट बैठक डाकेर पारित गर्ने तयारी थालेका छन् ।
न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको एउटा समितिको सिफारिसअनुसार तयार पारिएको कार्यविधिलाई ‘गोलाप्रथाद्वारा पेसी व्यवस्थापन कार्यविधि मस्यौदा-२०७८ नाम दिइएको छ ।
गोलासम्बन्धी कार्यविधिको मस्यौदाको परिच्छेद ५ मा गोला तान्नेसम्बन्धी विधि उल्लेख गरिएको छ । गोला तान्ने प्रयोजनका लागि समान रूप, रंग, आकार र बनोटका गोटी प्रयोग गरिने उल्लेख छ ।
यस्तो गोटीलाई अपारदर्शी थैलीमा राख्ने र वरिष्ठताका आधारमा सबै न्यायाधीशले थैलीबाट एक/एकवटा गोटी तान्नुपर्नेछ । जुन गोटीको निगरानी सीसीटिभीले गर्ने कार्यविधि मस्यौदामा उल्लेख छ ।
यस्तो गोटीलाई पेसी व्यवस्थापनमा खटिएका कर्मचारी र सूचना प्राविधिकले सम्बन्धित न्यायाधीशको इजलासमा र संयुक्त इजलास गठन हुने गरी प्राथमिकता निर्धारण गर्नेछन् ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया