कोइरालालाई सिंहको जवाफ- पदमा बसेर काम नगर्ने मेराविरुद्ध कुप्रचार गर्ने ?

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पदमा बसेर काम नगरेकाहरुले आफूविरुद्ध कुप्रचार गरेको बताएका छन् । विराटनगरमा आज (बुधबार) आयोजित एक कार्यक्रममा बोल्दै सिंहले यस्तो बताएका हुन् ।
कांग्रेस महामन्त्री शंशाक कोइरालाले सिंहलाई काठमाडौँबाहिर कसैले नचिन्ने भनी टिप्पणी गरेको समाचार आएपछि सिंहले यस्तो बताएका छन् । कोइरालाले सोमबार सर्लाहीको हरिवनमा भएको एक कार्यक्रममा सिंहलाई काठमाडौँबाहिर कसैले नचिन्ने टिप्पणी गरेका थिए ।
सिंहले संविधान जारी हुँदा उपप्रधननमन्त्री, गिरिजाप्रसादको उपसभापति, सुशील कोइरालालको निर्वाचित महामन्त्री र शेरबहादुरले पार्टी विभाजन गर्दा पनि जिम्मेवार पदमा बसेर काम गरेको बताए । उनले भने, 'आफू कुनै पदमा बसेको छैन, अरुलाई पनि त्यही देख्ने, फलानोको के छ के छ भन्दै उफ्रने ।'
उनले आफ्नो इतिहास पल्टाएर हेर्न पनि चुनौती दिए । 'पहिला काठमाडौंमा पनि चिन्दैन भन्थे अहिले काठमाडौं बाहिर चिन्दैन भन्छन्', उनले भने ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया