सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

राजस्व प्रणालीमा सुधार गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले समग्र राजस्व प्रणालीमा सुधार गर्ने प्रयास भइरहेको बताएका छन् । 

१० औं राष्ट्रिय कर दिवसको बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले मुलुकको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र रहेको राजस्व प्रणालीमा सुधार गर्ने प्रयास भइरहेको बताएका हुन् । उनले कर विवादको अवस्था गुपचुप राख्ने विषय राम्रो नभएको भन्दै सार्वजनिक गर्न राजस्व कार्यालयलाई निर्देशन पनि दिए । 

पछिल्लो समय करतादाहरुको धेरै गुनासो आएको भन्दै त्यस्ता गुनासाहरु सम्बोधन गर्न छुट्टै इकाई स्थापना गरिने उनले बताए । 

पछिल्लो समय राज्य र जनता केन्द्रित नीति बनाउँदा कतिपय उद्योगी व्यवसायी व्यक्तिगत आक्षेप लगाउँदै शक्तिकेन्द्र धाउन थालेको भन्दै उनले राष्ट्र र जनताको हित हुने निर्णयबाट पछि नहट्ने स्पष्ट पारे । अनौपचारिक क्षेत्रको अर्थतन्त्रलाई औपचारिक क्षेत्रमा ल्याउन नीतिगत सुधार गरिने उनको भनाई छ । 

कार्यक्रममा विभिन्न संस्था, कम्पनी र व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कम्पनीतर्फ नेपाल टेलिकम सर्वाधिक कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । यस्तै बैंकिङ समूहमा सबैभन्दा बढी कर बुझाउनेमा नबिल बैंक परेको छ भने लघुवित्ततर्फ छिमेक लघुवित्त सम्मानित भएको छ । यस्तै व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्नेमा सिद्धार्थ शमशेर राणालाई सम्मान गरिएको छ । 

निर्यात उद्योगमा डाबर नेपालले सबैभन्दा बढी कर बुझाएर सम्मान पाएको छ । विशेष उद्योगमा सबैभन्दा बढी आयकर बुझाउनेमा एशियन पेन्ट्स परेको छ । कृषि तथा पशुजन्यमा पूर्वाञ्चल एग्रिटेक सम्मानित भएको छ । वस्तु व्यापारमा भाटभटेनी, अस्पतालमा नोबेल हस्पिटल, पर्यटनमा तारागाउँ रिजेन्सी र ऊर्जामा हिमाल पावरले बढी कर तिरेर सम्मानित भएका छन् । 

सबैभन्दा बढी कर दाखिला गर्नेमा सूर्य नेपालले सम्मान पाएको छ । भ्याट समयमा बुझाएर घोराही सिमेन्टले सम्मान पाएको छ । मध्यमस्तरको करदाता कार्यालयबाट सबैभन्दा बढी कर बुझाउने कर्जा सूचना केन्द्रले सम्मान पाएको छ ।

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री कार्यालयमा छलफल

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री का…

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानमन्त्री ओलीको आग्रह

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानम…

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति पौडेल

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति…

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक