२८०० अंकमाथि उक्लियो सेयर बजार

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज नेप्से बुधबार २८०० अंक भन्दा माथि उक्लिएको छ। आज नेप्से परिसुचक १६.९५ अंकले बढेर २८०१.५२ मा पुगेको हो। ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्ड्रेक्स ३.९८ अंकले बढेर ५२५.४४ बिन्दुमा पुगेको छ ।
गत सोमबारदेखि बढ्न थालेको सेयर बजार आजपनि निरन्तरता पाएको हो । मौद्रिक नीतिको पहिलाे त्रैमासिक समीक्षाले सेयर कर्जा यसअघिकाे कडाइँ हट्ने आशामा लगानीकर्ता सेयर बजारप्रति आकर्षित भएकाे विश्लेषकहरू बताउँछन् ।
आज सेयर बजारमा कारोबार भएका ९४ कम्पनीको सेयरमूल्य उकालो लागेका छन् भने ८८ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।
आज २२४ कम्पनीका सेयर ७७ हजार ५ सय १८ पटक कारोबार भएको छ । १ करोड १९ लाख ४३ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ३७ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।
बुधबार पन्चकन्या माइ हाइड्रो पावर तथा उपर तामाकोशीको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ ।
मिति |
नेप्से परिसुचक |
कारोबार रकम |
कार्तिक २८ आइतबार |
२६८८.९२ |
४ अर्ब ९ करोड रुपैयाँ |
कार्तिक २९ सोमबार |
२७१५.३५ |
४ अर्ब ७३ करोड रुपैयाँ |
कार्तिक ३० मंगलबार |
२७८४.५७ |
५ अर्ब ५२ करोड रुपैयाँ |
मंसिर १ गते बुधबार |
२८०१.५२ |
७ अर्ब ३७ करोड रुपैयाँ |
राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो

एभरेष्ट बैंकको १३२औँ शाखा कमलामाईमा
पौडेललाई गभर्नर बनाउने सहमति

सरकारले कडाईका साथ एमआरपी कार्यान्वयन गर्ने

जसले अचार बेचेरै कमाउँछन् महिनाको ६० हजार

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया