ओली सरकार असुल्थ्यो : पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा २२ रुपैयाँ कर
बूढीगण्डकी जलविद्युत् आयोजनाबाट पनि साढे २२ अर्ब असुल !

काठमाडौँ - पेट्रोलियम पदार्थ अचाक्ली महँगिनुमा अघिल्लो केपी ओली सरकारले थोपरेको कर मुुख्य कारणको रुपमा देखिएको छ ।ओली सरकारका अर्थ मन्त्री डा. युवराज खतिवडाले जनताको ढाड सेकिने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ४८ पैसा र डिजेलमा प्रतिलिटर २२ रुपैयाँ ३९ पैसा थप कर लगाएका थिए । खतिवडाले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ २० पैसा भन्सार शुल्कलाई २५ रुपैयाँ २० पैसा लगाएको इकागजलाई प्राप्त निगमको तथ्यांकले देखाएको छ ।
खतिवडाले पेट्रोल मात्र होइन, जनताको भान्सासित जोडिएको डिजेलमा पनि प्रतिलिटर १० रुपैयाँ भन्सार शुल्क थपेर १२ रुपैयाँ पुर्याएका थिए । खतिवडाले नै पेट्रोल र डिजेलमा ‘पूर्वाधार कर’ भन्दै प्रतिलिटर १० रुपैयाँ थोपरेका थिए । त्यस्तै प्रदूषण शुल्क पनि प्रतिलिटर पचास पैसा रहेकोमा पेट्रोल र डिजेल दुवैमा एक रुपैयाँ पचास पैसा पुर्याए ।
तथ्यांकअनुसार ओली सरकारले कर थोपर्नुअघि राज्यले पेट्रोलमा प्रतिलिटर ३७ रुपैयाँ २५ पैसा असुल्थ्यो । त्यसलाई ओली सरकारले बढाएर प्रतिलिटर ५७ रुपैयाँ ७३ पैसा पुर्यायो । त्यसैगरी प्रतिलिटर १८ रुपैयाँ २ पैसा कर असुल्ने गरिएको डिजेलमा ओली सरकारले नै ४० रुपैयाा ४१ पैसा पुर्याएको पाइएको छ । यसरी सर्वसाधारणको ढाड सेकिने गरी करको दर थोपर्नुअघि सरकारले पेट्रोलियमबाट कूल २३ अर्ब ५४ करोड रुपैयाँ राजस्व असुल्थ्यो । करको दर र दायर दुबै वृद्धि गरेपछि पेट्रोलियमबाट मात्रै सरकारले ९८ अर्ब ५२ करोड रुपैयाँ असुलेको देखिएको छ ।
सरकारले असुलेको कूल करमध्ये आर्थिक वर्ष २०७७/७८ मा भन्सार शुल्क मात्रै ३७ अर्ब ५५ करोड, सडक मर्मत शुल्क ५ अर्ब ७५ करोड, वातावरण खर्च ३ अर्ब ४३ करोड, मूल्य अभिवृद्धि कर २८ अर्ब चार करोड, पूर्वाधार विकास कर (बूढीगण्डकी) २२ अर्ब ५० करोड, आयकर १ अर्ब २५ करोड रुपैयाँ छन् । ओली सरकारले नै चिनियाँ कम्पनीलाई बेचिएको भनिएको बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि गत वर्ष २२ अर्ब ५० करोड रुपैयाँ असुलिएको छ ।
आयोजना निर्माणको नामगोतसमेत कुनै पनि सरकारले लिने गरेका छैनन् । तर यसैका नाममा (हाल पूर्वाधार विकास भनिएको) प्रतिवर्ष साढे २२ अर्ब रुपैयाँ असुल्न भने छाडिएको छैन । ओली सत्तामा आउनुअघि आव २०७२/७३ मा निगमको नाफा १९ अर्ब ३६ करोड रुपैयाँ थियो भने उसले राज्यलाई २३ अर्ब ५४ करोड रुपैयाँ कर बुझाएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमका भाउ प्रतिब्यारेल १०५.५२ अमेरिकी डलर (२०७१/७२ मा) बाट हाल ८६.५० डलर पुग्दा पनि डलरसितको विनिमय दर अकाशिन पुग्दा प्रतिलिटर तेल ५७ रुपैयाँ ९२ पैसाबाट बढेर ६५ रुपैयाँ ३६ पैसा कायम हुन आएको तथ्यांक छ । २०८०/७१ मा एक अमेरिकी डलरको नेपाली मूल्य ९७ रुपैयाँ २८ पैसा थियो । अहिले एक डलर बराबर एक सय २० रुपैयाँ ३३ पैसा छ ।
राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो

एभरेष्ट बैंकको १३२औँ शाखा कमलामाईमा
पौडेललाई गभर्नर बनाउने सहमति

सरकारले कडाईका साथ एमआरपी कार्यान्वयन गर्ने

जसले अचार बेचेरै कमाउँछन् महिनाको ६० हजार

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया