आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

ज्योति लाइफको नाफा २८ प्रतिशतले बढ्यो

काठमाडौँ- ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको ०७८/०७९ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा २८ प्रतिशतले बढेर नौ करोड २३ लाख नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले सात करोड २२ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा जीवन बिमा कोष १०१ दशमलव २५ प्रतिशतले बढेर चार अर्ब ५४ करोड ७६ लाख ७६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बिमा कोषमा दुई अर्ब २५ करोड ९७ लाख १६ हजार रुपैयाँ थियो ।

खुद बिमा शुल्क ५० दशमलव ४२ प्रतिशतले बढेर ७९ करोड १ लाख ९३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यसले ५२ करोड ५३ लाख ३३ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । 

समीक्षा अवधिमा कम्पनीको जगेडा कोषमा समेत ४४ प्रतिशतले वृद्धि भई ६६ करोड १० लाख कायम हुन गएको देखिन्छ । जीवन बिमा कोषमा १०१ प्रतिशतले वृद्धि भई चार अर्ब ५५ करोड रहेको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ चार पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ६१ पैसा छ । 

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा  क्याम्पा कोला उत्पादन

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा  क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फाइदा

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…