आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

बीमा कम्पनीको नाफा १९.८७ प्रतिशतले बढ्यो

काठमाडौँ- राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार तीन महिनामा कम्पनीले ६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा गत वर्षको तुलनामा १९.८७ प्रतिशत बढी हो । गत वर्ष यस कम्पनीले ५ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको कर्जा तथा अन्य लगानीबाट हुने आम्दानीमा पनि बढोत्तरी भएको छ । 

यस अवधिमा कम्पनीले सात करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष पाँच करोड ९९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले कर्जा तथा अन्य लगानीबाट यो त्रैमासमा ६ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

गत वर्ष ६ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको थियो । तीन महिनामा कम्पनीले बीमा कोषको आकार ८.१७ प्रतिशतले बढाएर दुई अर्ब ४६ करोड रुपैयाँ पुर्‍याको छ । गत वर्ष यसको बीमा कोषमा दुई अर्ब २७ करोड रुपैयाँ रहेको थियो । 

कम्पनीको हाल चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको छ । यस कम्पनीको जगेडा कोषमा तीन अर्ब १७ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ९३ रुपैयाँ १४ पैसा छ भने प्रतिसेयर नेटवर्थ १ हजार २९२ रुपैयाँ ४६ पैसा छ ।

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा  क्याम्पा कोला उत्पादन

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा  क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फाइदा

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…