राष्ट्र बैंकले उपभोगमा गएको कर्जाको हिस्सा छुट्यायो, उपभोगमा ६ खर्ब २७ अर्ब

काठमाडौँ– नेपाल राष्ट्र बैंकले उपभोग्य क्षेत्रमा परिचालन भएको कर्जाको हिस्सा छुट्याएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म उपभोग्य क्षेत्रमा ६ खर्ब २७ अर्ब रुपैयाँ कर्जा परिचालन भएको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।
थोक तथा खुद्रा व्यापार, उत्पादनमूलक क्षेत्रमा र उपभोग्य क्षेत्रमा सबैभन्दा बढी कर्जा परिचालन भएको छ । उपभोगमा परिचालन भएको कर्जा कृषि, निर्माण, यातायात लगायतका क्षेत्रभन्दा धेरै छ ।
नेपाल राष्ट्र बैंकले यसअघि उपभोग्य कर्जाको ठूलो हिस्सा वर्गीकरण नखुलाइ अन्य क्षेत्रमा राख्दै आएको थियो । उपभोग्य क्षेत्रको कर्जा लगानीको हिस्सा छुट्याउँदा पनि अन्य क्षेत्रमा अहिले पनि ५ खर्ब ६ अर्ब भन्दा धेरै कर्जा लगानी भएको छ ।
थोक तथा खुद्रा व्यापारमा बैंकहरूको सबैभन्दा ठूलो लगानी छ । केन्द्रीय बैंकका अनुसार असोजसम्म थोक तथा खुद्रा व्यापारमा झण्डै ९ खर्ब रुपैयाँ कर्जा परिचालन भैसकेको छ । बैंक तथा वित्तीय संस्थाको सबैभन्दा ठूलो कर्जा आयात फाइनान्सिङमा जाने गरेको छ ।
कर्जा लगानीमार्फत् आयात र उपभोग बढाएर बैंकहरूले आम्दानी बढाइरहेका छन् । आयात बढाउनका लागि विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत रेमिट्यान्स आप्रवाहमा पनि क्रमशः गिरावट आइरहेको छ ।
राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो

एभरेष्ट बैंकको १३२औँ शाखा कमलामाईमा
पौडेललाई गभर्नर बनाउने सहमति

सरकारले कडाईका साथ एमआरपी कार्यान्वयन गर्ने

जसले अचार बेचेरै कमाउँछन् महिनाको ६० हजार

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया