आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

अविश्वास प्रस्ताव ३:३० बजे दर्ता : संसद्‍ सचिवालय

काठमाडौं : संघीय संसद्‍ सचिवालयमा २०७७ पुस ५ गते गरिएको अविश्वासको प्रस्तावको दर्ता समयलाई लिएर सिर्जना भएको विवादबारे संसद सचिवालयले प्रष्ट पारेको छ । संसद्‍ सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले प्रेस विज्ञप्तिमा जारी गर्दै सभामुखको तोक आदेश भएपछि पुस ५ गते दिउँसो ३:३० बजे नै कार्यव्यवस्था शाखा (प्रतिनिधि सभा)मा दर्ता भएको जनाएको छ ।

प्रतिनिधिसभा विघटनपछि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहितका सांसद्‍हरुले १० बजेर ५० मिनेटमा नभई साढे ३ बजे दर्ता गर्न ल्याएको सचिवालयले प्रष्ट पारेको हो । अविश्वासको प्रस्ताव प्रतिनिधि सभाका सभामुख समक्ष पेश गरी कार्यव्यवस्था शाखा ( प्रतिनिधि सभा) मा दर्ता हुने प्रचलन रहेको छ ।