यस्तो छ नेपालमा कफीको न्युनतम मूल्य

काठमाडौँ- राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालमा प्रयोग हुने कफीको न्युनतम मूल्य तोकेको छ । प्रत्येक वर्ष नयाँ मूल्य निर्धारण गर्दै आएको बोर्डले मंसिर १ देखि लागू हुने गरि न्युनतम सहमत मूल्य निर्धारण गरेको हो ।
मंसिर १ गते मनाउन लागिएको १७ औं कफी दिवसको अवसरमा आयोजित प्रत्रकार सम्मेलनमा बोर्डले यस वर्षको लागि न्युनतम कफीको मूल्य निर्धारण गरेको जानकारी दिएको हो । बोर्डले यस वर्षको नारा ‘कफी किसानलाई संरक्षण र प्रोत्साहन, व्यवसायिक कफी उत्पादनमा युवाको योगदान’ राखेको छ ।
बोर्डले फ्रेस चेरी (ताजा फल) तर्फ ए ग्रेडलाई प्रतिकिलो ९० र बी ग्रेडलाई ८० रुपैयाँ तोकेको छ। यो मूल्य गत २०७७ र ०७८ को लागि एउटै रहेको बोर्डले जनाकारी दिएको छ ।
बोर्डका कार्यकारी निर्देशक डा विष्णु प्रसाद भट्टराईले कफी उत्पादन गर्न लाग्ने लागत खर्चमा करिब २० देखि २२ प्रतिशत नाफा जोडेर मूल्य तोकिएको जानकारी दिए।
पार्चमेन्ट कफीतर्फ ‘ए ग्रेड’लाई प्रतिकिलो ४ सय ५० र बी ग्रेडलाई ३ सय ९७ रुपैयाँ तोकिएको छ। यो मूल्य पनि गत वर्षमा कुनै फेरबदल गरिएको छैन् ।
यता ड्राइचेरी ‘ए ग्रेड’को कफीको मूल्य प्रतिकिलो १ सय ४८ र ‘बी ग्रेड’ ९५ रुपैयाँ तोकिएको छ। यसमा पनि गतवर्ष भन्दा फेरबदल गरिएको छैन् ।
नेपालमा कफी उत्पादन हुने भएपनि विदेशबाट पनि उत्तिकै मात्रामा कफी आयात हुँदै आएको छ। आगामी दिनमा कफी निर्यात तथा नेपाली कफीलाई ब्रान्डिङ्ग गर्दै लैजाने बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार हाल नेपालबाट कुल उत्पादनको २५ प्रतिशत कफी निर्यात हुँदै आएको छ।
आर्थिक वर्ष २०७७/०७८ मा ३१४.५ मेट्रिक टन कफी उत्पादन भएको तथ्यांक बोर्डले दिएको छ। भन्सार विभागको तथ्यांक अनुसार सो आर्थिक वर्षमा ११ करोड ८८ लाख मूल्य बराबरको २ सय ६६ मेट्रिक टन कफी आयात हुँदा यहाँबाट ५ करोड ७७ लाख रूपैयाँ बराबरको ४६.८९ मेट्रिक टन मात्रै कफी निर्यात भएको थियो।
आर्थिक वर्ष ०७७/०७८ को तथ्यांक हेर्ने हो भने १० करोड ६७ लाख मूल्य बराबरको १९८.७६ मेट्रिक टन कफी आयात हुँदा ९ करोड ६० लाख मूल्य बराबरको ७२.४८ मेट्रिक टन कफी निर्यात भएको थियो।

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

सुनको मूल्य बढ्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया