सातै प्रदेशमा ओली समूहको प्रशिक्षण सुरु, कुन प्रदेशमा को नेता खटिए ?

काठमाडौं : केपी शर्मा ओली समूहले सात वटै प्रदेशमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु भएको छ । मंगलबार बसेको ओली समूहको बैठकले महाधिवेशन २०७८ मंसिर २ गते टुंगो लगाएसँगै आज सात वटै प्रदेशमा प्रशिक्षण गर्न लागेको हो ।
प्रशिक्षण कार्यक्रमका ओली समूह नेताहरुलाई जिम्मेवारी तोकिएको छ । जस अनुसार प्रदेश नं. १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्बाहाम्फे तोकिएको छ भने प्रदेश नं २ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो जिम्मेवारी तोकिएको छ । पूर्वमाओवादी समूहका मणिचन्द्र थापा पछिल्लो समय ओली समूहमा लागेका हुन् ।
त्यस्तै वागमती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल छन् भने गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल तोकिएका छन् । पूर्वमाओवादी समूहका टोपबहादुर रायमाझी पनि पछिल्लो समय ओली समूहमा लागेका हुन् । लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटालाई तोकिएको छ ।
त्यसैगरी कर्णाली प्रदेशमा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य खटिएका छन् भने सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे तोकिएका छन् । पूर्वमाओवादी समूहका लेखराज भट्ट पनि पछिल्लो समय ओली समूहमा लागेका हुन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया