रिनजिङले फिल्म साइन गरेपछि मात्र बताएका थिए डेनीलाई

मुम्बई -बलिउडमा नातावादको बहस उचाइमा छ । सुशान्त सिंह राजपुतको असामयिक निधनपछि त सुषुप्त रहेको यो विवादले रातारात सगरमाथा आरोहण गरेको थियो । तर काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भने झैँ बलिउड निर्माता स्टार किडलाई फिल्ममा लिन रत्तिभर हिच्किचाएका छैनन् ।
धमाधम नयाँ नयाँ स्टार किड लन्च हुने खबर आइरहेका छन् ।यसैबीचमा नेपाली मुलका भारतीय अभिनेता डेनी डेङजोपाका छोरा रिनजिङ डेङजोपाले पनि बलिउडमा डेब्यु गरेका छन् । उनको मूख्य भूमिका रहेको पहिलो फिल्म ‘स्क्वाड’ नोभेम्बर १२ मा जीफाइभमा रिलिज भएको छ र फिल्मले औसत मात्र रेटिङ पाएको छ ।
योसँगै रिनजिङले राम्रै फिल्मबाट डेब्यु गरेको भए हुने भन्ने प्रतिक्रिया पनि आएका छन् । तर रिनजिङले यो फिल्म गर्ने सम्झौता गरेपछि मात्र डेनीलाई आफूले फिल्म गर्न लागेको जानकारी गराएका छन् ।
‘ यो संघर्ष पनि मेरो हो र सफलता असफलता जे पाउँछु त्यो मेरो हो । सम्झौता गरेपछि मात्र बुबाले यो फिल्मको बारेमा चाल पाउनु भएको थियो । यो मेरो आफ्नै संघर्ष हो । यदि बुबालाई भनेर फिल्म गर्ने भए म धेरै पहिले नै भन्थेँ,’उनले मिडडेसँगको कुराकानीमा भनेका छन् । एक्सन विधामा बनेको ‘स्क्वाड’ले समीक्षकबाट चिसो समीक्षा पाएको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया