प्रधानन्यायाधीशविरुद्ध थप रणनीति बनाउन बारको बैठक बस्दै

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनको थप रणनीति बनाउन नेपाल बार एसोसिएसनको बैठक बस्दै छ ।
दोस्रो चरणको आन्दोलनका कार्यक्रम सकिने दिन मंगलबार बारको बैठक बस्न लागेको हो । दुई साताभन्दा लामो समयदेखि जबराको राजीनामा माग्दै धर्ना र प्रदर्शन गर्दै आएको बारले थप आन्दोलनका कार्यक्रम तय गर्न लागेको हो ।
मंगलबार बारको बैठक बसेर थप रणनीति बनाउने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । न्यायालयको विकृतिको संरक्षण जबराले गरेको भन्दै उनले जबराले राजीनामा दिनुपर्ने अडानलाई बारले निरन्तरता दिने बताए ।
आन्दोलनका थप रणनीति बनाउने विषयमा आन्दोलित १९ जना न्यायाधीशसँग सोमबारबाटै छलफल सुरू भएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया