खोटाङ कांग्रेस सभापतिमा रविप्रकाश र भूपेन्द्रको प्यानल बन्ने

खोटाङ - नेपाली कांग्रेसका नेता रविप्रकाश राईले सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । जिल्ला अधिवेशनको मिति नजिकिँदै गर्दा कांग्रेस महासमिति सदस्यसमेत रहेका राईले सोमबार जिल्ला सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । उनी केन्द्रमा सभापति शेरबहादुर देउवासँग नजिक मानिन्छन् ।
कांग्रेस महाधिवेशन प्रतिनिधि भूपेन्द्र राईले पनि जिल्ला सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् । ०७४ को स्थानीय तहको निर्वाचनबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका राईले २६ कात्तिकमा खोटाङ बजारमा भएको आफूपक्षीय नेता तथा कार्यकर्ताको भेलाबाट जिल्ला सभापतिमा उठ्ने घोषणा गरेका हुन् । उनी केन्द्रमा कृष्ण सिटौलासँग नजिक मानिन्छन् । आगामी ६ मंसिरमा जिल्ला अधिवेशन हुँदैछ ।
भूपेन्द्रको टिमबाट उपसभापतिमा चन्द्रबहादुर थापा, सह–सचिवमा ध्यानबहादुर राई, प्रदेश क्षेत्र (ख)को सभापतिमा चण्डीकुमार राई, उपसभापतिमा रामचन्द्र केसीलाई उठाउने तयारी गरिएको कांग्रेस दिप्रुङ चुईचुम्मा गाउँपालिका सभापति अमृत गिरीले बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया