टर्यो आलिया भर्सेज आलिया भिडन्त

मुम्बई -महामारीका कारण पहिलोपल्ट प्रदर्शन रोकिएको फिल्म ‘गंगुबाई कठैयाबाडी’ले दोस्रो चोटि आउँदो वर्षको जनवरी ६ लाई प्रदर्शन मिति तोकेको थियो । तर यसको केही समयपछि नै ‘बाहुबली’ निर्देशक एसएस राजामौलीले ‘आरआरआर’ यो फिल्म जनवरी ७ मा प्रदर्शन गर्ने घोषणा गरे ।
एक दिनको अन्तरालमा दुई ठूला फिल्म भिड्नेवाला थिए । तर यो भिडन्त फिल्मको मात्र थिएन स्टारको पनि थिएन । स्टार पनि एकै । अर्थात् यो फिल्ममा दुई कलाकार यस्ता थिए जो दुवै फिल्ममा थिए । अजय देवगन र आलिया भट्ट ‘आरआरआर’मा मात्र होइन ‘गंगुबाई कठैयाबाडी’मा पनि थिए ।
अझ ‘गंगुबाई कठैयाबाडी’ को कथा नै आलियामाथि केन्द्रित छ । यस्तोमा अजय देवगन भन्दा पनि आलिया तनावमा थिइन् । तर सोमबार मात्र ‘गंगुबाई कठैयाबाडी’ निर्माता तथा निर्देशक सञ्जयलीला भन्सालीले ‘गंगुबाई कठैयाबाडी’ जनवरीमा हैन फ्रेब्रुअरी १८ मा रिलिज गर्ने निर्णय सार्वजनिक गरेपछि आलिया भर्सेज आलियाको भिडन्त टरेको छ । भन्सालीले फिल्मको प्रदर्शन मिति परिवर्तन गरेकोमा निर्देशक राजामौलीले उनलाई र निर्माता जयन्तीलाल गाडालाई ट्वीटरमा धन्यवाद दिएका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया