धर्नामा बसेका कानुन व्यवसायीको माइक खोसियो
काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले मंगलबार पनि सर्वाेच्च अदालतको गेटमा धर्ना दिएको छ ।
धर्नामा सम्बोधन गर्न लागेका कानुन व्यवसायीको माइक प्रहरीले खोसेको हो ।
दुई साताभन्दा बढी समयदेखि बार निरन्तर आन्दोलनमा छ । तर, आइतबारदेखि प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक्ने उद्देश्यले गेटमै बारले धर्ना दिँदै आएको छ ।
बारको धर्नालाई छलेर आइतबार र सोमबार प्रधानन्यायाधीश जबरा कार्यालय प्रवेश गरेका थिए ।
कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाएर बार र सहकर्मी न्यायाधीश आन्दोलनमा उत्रिएका हुन् । सोमबार प्रधानन्यायाधीश जबराले संवाद र वार्तामार्फत समाधान खोज्न गरेको आह्वानलाई बारले अस्वीकार गरेको छ ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया