बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

चक्कु प्रहार गरेर दाजुको हत्या, भाइ पक्राउ

सांकेतिक तस्बिर

इलाम- इलामको सन्दकपुर गाउँपालिका-१ चापगैरीमा भाइले दाजुको हत्या गरेका छन् ।

भाइ चक्र मुखियाले चक्कु प्रहार गरेर दाजु इच्छा मुखियाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । घटना सोमबार साँझ पौने ६ बजे भएको हो  ।

काका मानबहादुर मुखियाको घरमा मदिरा सेवनको क्रममा विवाद हुँदा भाइले दाजुलाई चक्कु प्रहार गरेको प्रहरीको दाबी छ । चक्कु प्रहार गरेर दाजुको हत्या गरेको आराेपमा प्रहरीले चक्रलाई प्रहरीले चक्कुसहित नियन्त्रणमा लिएको छ ।