मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

प्रतिनिधिसभा विघटनविरुध्द दायर १२ रिटको सुनुवाइ आज

काठमाडौं :  प्रतिनिधि सभा विघटनविरुध्द सर्वोच्च अदालतमा परेका १२ वटा रिटको पेशीको सुनुवाइ आज हुँदैछ । संवैधानिक इजलासमा पठाइएको एउटा रिटको पेशी भने शुक्रबारलाई तोकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा भंग गरी आगामी बैशाख २७ र २७ गते मध्यावधि निर्वाचन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेका थिए । राष्ट्रपति भण्डारीले सोही दिन सदर गरेकी थिइन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीविरुध्द रिट दायर गर्नेहरुमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कन्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओलीलगायत छन् । पुस ७ गते नेकपाका सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले पनि संसद विघटनविरुद्ध मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए ।