प्रहरीले खोस्यो विप्लव समूहको मसाल

ओखलढुंगा - नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)ले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेर मसाल खोसेको छ । सरकारले इन्धनमा गरेको मूल्यवृद्धिको विरुद्धमा सोमबार साँझ कार्यकर्ताले निकालेको जुलुसमा प्रहरीले मसाल खोसेको हो ।
नेकपाले मंगलबार नेपाल बन्द घोषणा गरेको छ । त्यसको पूर्वसन्ध्यामा पार्टीले सोमबार (आज) मसल जुलुस निकालेको हो । सिद्धिचरण नगरपालिका– १२ स्थित गणेशचोक नजिकैबाट सुरु भएको जुलुस प्रहरीले गणोशचोकमै रोकेको छ ।
प्रहरीले रोकेपछि एक दर्जन संख्यामा रहेका आन्दोलनकारीले मसाल भुइँमा बालेर नारा जुलुस सुरु गरेका थिए । भुइँमा बालेको मसाल प्रहरीले पानी हालेर निभएको छ । आन्दोलनकारी भन्दा प्रहरीको संख्या बढी भएपछि चोकमै कोणसभा गरेर नेपाल बन्द सफल बनाउन अपिल गर्दै नेकपाका कार्यकर्ता फर्किएका छन् । मंगलबार नेपाल बन्द घोषणा गरेपछि सोमबार साँझदेखि नै सुरक्षााकर्मी परिचालन गरिएको छ ।

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छः कांग्रेस प्रवक्ता महत

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिक्रिया