कांग्रेसले ताेक्याे महाधिवेशन उम्मेदवारी दर्ता शुल्क

काठमाडौँ – नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी दर्ता शुल्क तोकेको छ । कांग्रेसले नगरपालिका कार्यसमितिअन्तर्गत सभापतिका लागि चार हजार रूपैयाँ शुल्क तोकेको छ।
यस्तै उपसभापति र सचिवका लागि तीन हजार शुल्क निर्धारण गरिएको छ । नगरपालिकामा सहसचिव लड्न चाहनेले भने दुई हजार रूपैयाँ तिर्नुपर्ने छ । नगरपालिका सदस्यका लागि एक हजार रूपैयाँ दर्ता शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ ।
महानगर, उपमहानगर र गाउँपालिका सभापतिको कति ?
कांग्रेसले गाउँपालिका कार्यसमितिअन्तर्गत सभापति पदका लागि दुई हजार रूपैयाँ दर्ता शुल्क तोकेको छ। यस्तै उपसभापति, सचिव र सहसचिवका लागि एक हजार र सदस्य पदका लागि पाँच सय रकम तोकेको छ ।
यस्तै महानगरपालिका र उपमहानगरपालिका अन्तर्गत सभापतिका लागि पाँच हजार रूपैयाँ शुल्क तोकेको छ। उपसभापति र सचिवका लागि तीन हजार शुल्क निर्धारण गरिएको छ । नगरपालिकामा सहसचिव लड्न चाहनेहरूले भने दुई हजार तीर्नुपर्ने छ । नगरपालिका सदस्यका लागि दुई हजार शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ । पार्टी विधानको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।

जनतालाई अनावश्यक रूपमा निराश बनाउनु एक प्रकारको अपराध हो : प्रधानमन्त्री ओली

भोलि लिङ्देन, थापा, सुवेदी, विष्टले सामुहिक आन्दोलनको घोषणा गर्ने

नीति तथा कार्यक्रममा एआईलाई विधेयकमा समेट्ने बाहेकको नयाँ योजना छैनः सांसद …

बैंक नोटबाहेक छपाइका सबै काम नेपालमै शुरु : सञ्चारमन्त्री गुरुङ

सरकारको नीति तथा कार्यक्रम निराशाजनक, कर्मकाण्डी र औचित्यहीनः सांसद यादव

पुरातन शैली र नेतृत्व वाधक नबनिदिए मुलुक आफैं बन्छ : विराजभक्त श्रेष्ठ

हामी आफ्नै आत्मरतिमा रमायौंः गौतम

प्रतिक्रिया