राजेन्द्र राईलाई विश्वासको मत दिने सांसद होटलमा भेला

विराटनगर - प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सत्ता पक्षका सांसदहरूलाई विराटनगरको एक व्यवस्थित होटलमा राखेका छन् । प्रदेश सभामा विश्वासको मत लिने पूर्वसन्ध्यामा राईले ती सांसद्लाई आफ्नो पक्षमा विश्वासको मत दिन निर्देशनसमेत दिएका छन् ।
मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री राईले बिग होटलमा सत्ता गठबन्धनका सांसदहरुलाई बोलाएका थिए । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका सांसदहरूलाई होटलमा बोलाएर छलफल गरेका छन् ।
सत्तापक्षका सांसदहरू सोमबार बिहानैदेखि होटलमा भेला भएका थिए । मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिनका लागि रणनीति बनाउन बैठक बसेको सञ्चारकर्मीहरूलाई जानकारी दिइएको छ । उनले अघिल्लो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटलाई परिमार्जन गर्न सांसदहरूसँग सुझाव संकलन गरिने पनि जानकारी दिए ।
बैठकअघि गठबन्धनसम्बद्ध दलको अलग–अलग बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् । मुख्यमन्त्री राईले गठबन्धनका सबै दलका सांसदलाई आ–आफ्नो संसदीय दलमार्फत विश्वासको मतको पक्षमा मत दिन ह्विप जारी गर्ने बताए । मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिएर हाल कायम रहेका मन्त्रालयहरू फुटाएर संख्या बढाउने र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।
प्रदेश १ को प्रदेशसभामा अहिले सत्ता गठबन्धनसँग ५० सांसद् छन् । विश्वासको मतका लागि मुख्यमन्त्री राईलाई ४७ सांसदको समर्थन आवशयक पर्नेछ । प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग भने ४१ सांसद् रहेका छन् ।

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छः कांग्रेस प्रवक्ता महत

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिक्रिया