धमेन्द्र झाको मैथिली तांका संग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक

काठमाडौँ – नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाको नयाँ मैथिली कृति ‘व्योमक ओहि पार’ सार्वजनिक भएको छ। झाद्वारा लिखित मैथिली भाषाको पहिलो तांका संग्रह ‘व्योमक ओहि पार’ सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक भएको हो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ पत्रकारद्वय तारानाथ दाहाल र बबिता बस्नेत, साहित्यकार विजेता चौधरी, प्रकाशक दामोदर दवाडीले संयुक्त रूपमा झाको तांका संग्रह सार्वजनिक गरेका हुन् । पत्रकार झा मैथिली साहित्यमा धर्मेन्द्र विह्वलका नामले स्थापित छन् । झाले १ सय १२ वटा तांका लेखिएको ‘व्योमक ओहि पार’ को प्रकाशन नेपालवाणी मिडिया ग्रुप प्रालिले गरेको छ।
यसअघि मैथिली तथा नेपाली भाषामा विभिन्न कृति लेखिसकेका झाले मैथिली भाषामा पहिलोपटक तांका संग्रह प्रकाशण गर्ने जमर्को गरेको बताए । पत्रकारिताका साथै मैथिली र नेपाली साहित्यमा निरन्तर कलम चलाउँदै आएका झाको यसअघि मैथिलीमा रास्ता तकैत जिनगी (कविता संग्रह), एक सृष्टि एक कविता (दीर्घ कविता), एक समयक बात (हाइकु संग्रह) र धुवाँएल आकृतिसभ (छौक संग्रह) प्रकाशित भइसकेका छन् ।
यसैगरी गोनुझाका कथाहरू, कौशलका परिहास, भ्रमरका उत्कृष्ट नाटकहरू, नेपाली मिथक कोष, नेपालीय मैथिली छापा पत्रकारिताको इतिहासलगायतका नेपाली कृतिहरू प्रकाशित भएका छन् ।

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

प्रतिक्रिया