अख्तियारमा २२ हजारभन्दा धेरै उजुरी, मुद्दाचाहिँ जम्माजम्मी ११४

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वर्षभरिमा जम्माजम्मी १ सय १४ वटा भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ । ती मुद्दामा ४ सय ४३ जना प्रतिवादी बनेका छन् । आयोगले सोमबार राष्ट्रपतिलाई बुझाएको वार्षिक प्रतिवेदनअनुसार, उसले ती प्रतिवादीसँग १ अर्ब ८९ करोड ४७ लाख ३५ हजारभन्दा बढी बिगो दाबी लिएको छ ।
आयोगका अनुसार, विशेष अदालतमा मुद्दामध्ये सबभन्दा घूससँग सम्बन्धित छन् । घूस मुद्दामात्रै ७० वटा दायर भएका छन् । त्यसअतिरिक्त सार्वजनिक सम्पत्तिको हानि–नोक्सानिसँग सम्बन्धित २०, गैरकानुनी लाभ–हानिसँग १२, गैरकानुनी सम्पत्ति आर्जनका जम्मा ३ र नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित ३ मुद्दा छन् ।
गत आर्थिक वर्षमा भ्रष्टाचारका १४ हजार ४ सय २५ उजुरी परेका थिए, अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ८ हजार २ सय गरी २२ हजार ६ सय २५ उजुरी विचाराधीन थिए । त्यति धेरै उजुरीबाट आयोगले चाहिँ जम्माजम्मी १ सय १४ वटा भ्रष्टाचार मुद्दा दायर भएका हुन् ।
आयोगले राष्ट्रपतिलाई बुझाएको प्रतिवेदनको सारसंक्षेप :

जन्ती पुर्याएर फर्किएको बस त्रियुगाको बाढीले बगायो

सेनाद्वारा बृहत स्वास्थ्य शिविर सञ्चालन

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

करको दायरा बढाउन माग

जैमिनीलाई पूर्णखोप सुनिश्चितता घोषणा

चट्याङ लागेर बालकको मृत्यु

प्रतिक्रिया