सीमाक्षेत्रमा घुसपैठ सुरक्षा चुनौती : सेना

काठमाडौं : उपत्यकाभित्र कोभिड-१९ को त्रास छ भने सीमाक्षेत्रमा घुसपैठको कारण सुरक्षा चुनौती रहेको व्रिफिङ पृतनापतिहरुले गरेका छन् । विप्लव समूहको कारण त्यसप्रकारको सुरक्षा चुनौती बढ्दै गएको पनि बताइएको छ । त्यसका लागि सेनाले आफ्नो भित्री रणनीतिलाई थप बलियो र सबल बनाउने पनि जनाएको छ ।
आइतबार प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेर आरम्भ भएको सेनाको नियमित ‘पृतनापति समन्वयात्मक’ बैठकमा उनीहरुले त्यस्तो धारणा राखेका हुन् । छलफलमा सेनाभित्र सुधार आएको धारणा पनि व्यक्त भएका थिए । सेनाभित्र घुसपैठ हुन नदिन सबै सजग रहनुपर्ने विषयलाई पनि एक-अर्का पृतना र अन्य सुरक्षा निकायसँगको समन्वयमा जोड दिने विषय उठेको छ ।
सेनाको वृत्ति विकास, प्राकृतिक प्रकोपमा उसको सक्रियताका लागि आवश्यक साधान र स्रोत लगायतको विषयमा पनि छलफल भएको छ । सेनाले सबै खाले चुनौतीलाई चिर्न आफ्नो संयन्त्रलाई पूर्ण रुपमा सक्रिय बनाएको पनि बताएको छ । रक्षामन्त्रीको जिम्मेवारीबाट ईश्वर पोखरेल मुक्त भएको एक साता नबित्दै नेपाली सेनाले पृतनापतिको भर्चुअल सम्मेलन गरेको हो । बैठक सेनाको नयाँ रणनीति तय गर्ने सहित मंगलबार सम्पन्न हुनेछ ।

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया