अनलाईनबाट १९ लाख बढी ठगी गरेको आरोपमा पक्राउ

काठमाडौँ- अनलाईनबाट ठगी गरेको आरोपमा काठमाडौँबाट एक जना पक्राउ परेका छन् । काठमाडौं नेपालटार बस्ने रुकुम रन्मामैमकोट गाउँपालिका-३ का २३ वर्षीय विकास गुरुङलाई ठगी गरेको १९ लाख ६० हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो ।
विकासले वाटस्एप प्रयोगकर्ताहरूको मोबाइलमा सम्पर्क गरी चिठ्ठा परेको, विदेशबाट सामान पार्सल आएको भन्दै उक्त सामान लिन र चिठ्ठामा दाबी भुक्तानी लिन कर तिर्नुपर्ने भनी झुट्टा बहाना बनाई कर बापतको रकम विभिन्न व्यक्तिको बैंक खातामा जम्मा गर्न लगाई ठगी गरेको प्रहरीले जनाएको छ ।
महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गैरीधाराबाट उक्त रकमसहित पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको महाशाखाले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया