प्रधानन्यायाधीशले हेरे चार मुद्दा

काठमाडौं - कानुन व्यवसायीको अवरोध छल्दै अदालत प्रवेश गरेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो एकल इजलासबाट चारवटा विवादमा सुनुवाइ गरेका छन् । नेपाल बार एसोसिएसनले जबराको राजीनामा माग्दै सर्वोच्चको मुल गेटमा धर्ना दिएपछि वैकल्पिक बाटो हुदै अदालत प्रवेश गरेका उनले सोमबार पनि १० वटा इजलास गठन गरी २९८ मुद्दाको पेसी तोकेका थिए ।
तर, असन्तुष्ट न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा सुनुवाइ गरेका छैनन् । नेपाल बारले असन्तुष्ट न्यायाधीशहरूलाई जबराले तोकेको इजलासमा नबस्न आग्रह गर्दै पत्राचार गरे पनि न्यायाधीशहरूले भने जबराले तोकेको इजलासमा बन्दीप्रत्यक्षीकरणका रिटमा भने सुनवाइ गरेका छन् ।
प्रधानन्यायाधीश जबराले सोमबार आफ्नो इजलासमा पाँचवटा रिट सुनुवाइका लागि पेसी तोकेका थिए । तर, एउटा भने हेर्न नमिल्ने भएका कारण उनले सुनवाइ गरेनन् । बाँकी विवादमा भने उनले कैफियत प्रतिवेदन माग्ने र मिसिल झिकाउने आदेश जारी गरेका छन् ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया