ओली समूहको प्रदेशगत प्रशिक्षण सुरु

काठमाडौं : केन्द्रीय कमिटीको विस्तारसँगै प्रधानमन्त्री केपी शर्मा ओली समूहले पछिल्लो राजनीतिक घटना र साङ्गठनिक स्थितिबारे प्रदेशगत प्रशिक्षण सुरु गरेको छ । सो पार्टीले मंगलबारदेखि काठमाडौँमा वाग्मती प्रदेश कमिटीको दुईदिने प्रशिक्षणमूलक भेला सुरु गरेको छ ।
सो भेलामा पार्टीका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुख्य वक्ताका रुपमा सम्बोधन गरेका थिए । अन्य प्रदेशमा पनि दुई दिनभित्र प्रशिक्षण सकाउन केन्द्रीय वक्ता र समन्वयकर्ता तोकिएको पार्टीका केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।
प्रदेशगत प्रशिक्षण कार्यक्रमका लागि मुख्य वक्ताका रुपमा सुदूरपश्चिममा लेखराज भट्ट, कर्णाली प्रदेशमा शङ्कर पोखरेल, लुम्बिनीमा टोपबहादुर रायमाझी, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र रायमाझी, प्रदेश नं २ मा पोखरेल र सत्यनारायण मण्डललगायत तथा प्रदेश नं १ मा तोकिन बाँकी रहेको जनाइएको छ । रासस

ओली सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएकोमा प्रचण्ड आक्रोशित

धर्म नभएकाले राजनीति गर्दा नागरिकलाई भूटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्ध…

‘बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ’ : प्रधा…

‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी’

"निजी क्षेत्रको समस्या समाधान सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री पौडेल"

हात हालाहालको स्थिति लडाइँमा परिणत हुन पाएनः प्रधानमन्त्री ओली

‘बुद्धको सन्देश विश्वका लागि अझ सान्दर्भिक छ’

प्रतिक्रिया