विकृति, विसंगति र भ्रष्टाचारका प्रवक्तासँग वार्ता हुन सक्दैन : चण्डेश्वर श्रेष्ठ

काठमाडौँ - नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकोे राजीनामा एक मात्रै विकल्प भएको बताएका छन् । राजीनामा एक मात्र विकल्प भएको भन्दै प्रधान्यायाधीश जबराले बोलाएको वार्तामा सहभागी नहुने उनले बताए । जबराले राजीनामा दिएपछि मात्रै न्यायालय सुधारका लागि वार्ता हुन सक्ने उनको भनाइ छ ।
‘उहाँलाई न्यायापालिकाको गरिमा कायम राखी जनतालाई न्याय दिलाउन प्रधानन्यायाधीश बनाइएको हो,’ उनले भने, ‘उहाँ भ्रष्टाचारको पक्ष पोषकको रूपमा उभिनुभयो । हामी विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध आन्दोलनरत छौँ । जबराको राजीनामापछि मात्रै वार्ता हुनसक्छ । विकृति, विसंगति र भ्रष्टाचारका प्रवक्तासँग वार्ता हुन सक्दैन ।’ प्रधानन्यायाधीश जबराले सोमबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत न्यायाधीश र बारलाई वार्तामा आउन आह्वान गरेका थिए ।
यो पनि
आन्दोलनरत न्यायाधीश र बारलाई प्रधानन्यायाधीशले वार्तामा बोलाए (विज्ञप्तिसहित)

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया