राउटेले अब मासिक पाँच हजार भत्ता पाउने

सुर्खेत : कर्णाली प्रदेश सरकारले फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायलाई मासिक दुई हजार भत्ता दिने निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले लोपोन्मुख अवस्थामा पुगेको राउटे समुदायको संरक्षण गर्न थप दुई हजार भत्ता दिने निर्णय गरेको हो ।
योसँगै राउटे समूदायले मासिक पाँच हजार भत्ता पाउने छन् । यस अघि गुराँस गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता वापत तीन हजार रुपैयाँ प्रदान गर्दै आएको थियो । प्रदेश सरकारले थप दुई हजार दिने निर्णय गरेपछि राउटेले पाँच हजार मासिक भत्ता पाउनेछन् ।
राउटेलाई थप दिइने भत्ता रकम आर्थिक मामिला तथा योजना मन्त्रालयबाट गुराँस गाउँपालिकालाई हस्तान्तरण गरिनेछ । गाउँपालिकालाई हस्तान्तरण भएपछि राउटेलाई एकमुष्ट रकम उपलव्ध गराइने गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए । सुर्खेतको चिंगाड गाउँपालिका-५ को ढाँडखेत सुर्खेतमा बस्ती सरेका राउटे समुदायका ४६ घरधुरीका एक सय ५१ जना छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खाद्यान्न तर्फको खर्च शिर्षकबाट विनियोजित भएको १५ करोड र कोभिड शिक्षातर्फको खर्च शिर्षकबाट बिनियोजित १० करोड रकम क्रमागत आयोजनाहरूमा खर्च गर्ने निर्णय गरेको छ ।
त्यसैगरी सहकारीमार्फत ब्याज अनुदान कार्यविधि २०७७ स्वीकृति गर्ने निर्णय भएको कर्णाली सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् । बैठकमा शान्ति तथा पुर्नस्थापना केन्द्र स्थापना गर्न बनेको विधेयक कर्णाली प्रदेश सचिवालयमा दर्ता गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । त्यसैगरी मुख्यमन्त्री जिविकोपार्जन कार्यक्रम सञ्चालन कार्यविधि २०७७ स्वीकृत गर्ने निर्णय भएको छ ।

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_UJ0iTvxKt2_bqlhelf7kh5detfpezabcactao54co2ryskjakzvvo24ffrrienp1kuhh7gz.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया