कमलविनायक-नगरकोट सडक चाँडै सम्पन्न गर्न मन्त्री यादवको निर्देशन

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको सडक चाँडै सम्पन्न गर्न निर्देशन दिएकी छन् । आइतबार सो सडकको अवलोकनका लागि नगरकोट पुगेकी मन्त्री यादवले सडक विभाग, सम्बन्धित आयोजना र निर्माण कम्पनीका प्रतिनिधिलाई सडक निर्माण द्रुत गतिमा अघि बढाउन निर्देशन दिएकी हुन् । उनले गुणस्तरमा कुनै सम्झौता नगरी निर्माण पूरा गर्न पनि निर्देशन दिइन् ।
पर्यटकीय क्षेत्रको यो सडक मर्मतका लागि पटकपटक अवधि थप हुँदा पनि काम सम्पन्न नहुँदा पर्यटन क्षेत्रमासमेत नकारात्मक असर परेको उनको भनाइ छ । ‘पर्यटक यहाँ आराम गर्न आउँछन् तर आइपुग्दा नै थकाइ लाग्ने भएपछि कसरी रमाउँछन् ?’ उनले भनिन्, ‘सडक चाँडै बनाउनूस्, सडक बनाउन देशको ढुकुटीबाट खर्च भएको छ, त्यसैले पनि जनताले सुविधा पाउनुपर्छ ।”
मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले युद्धस्तरमा काम नगरेसम्म अझै पनि नगरकोट सडक सम्पन्न हुन लामो समय लाग्नसक्ने बताए । निर्माण कम्पनी सैलुङ कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि नितेश अधिकारीले एक महिनाको हाराहारीमा निर्माण सक्ने गरी कार्ययोजना बनाएर लागेको मन्त्रीलाई जानकारी दिए ।
राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो

एभरेष्ट बैंकको १३२औँ शाखा कमलामाईमा
पौडेललाई गभर्नर बनाउने सहमति

सरकारले कडाईका साथ एमआरपी कार्यान्वयन गर्ने

जसले अचार बेचेरै कमाउँछन् महिनाको ६० हजार

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया