नेकपा एस सचिवालय सदस्यमा झा, स्थायी कमिटीमा मिश्र मनोनित
काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीले रामचन्द्र झालाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले झालाई सचिवालय सदस्यमा मनोनित गरेको हो ।
गठबन्धन सरकारले हालैमात्र बंगलादेशको राजदूतबाट फिर्ता बोलाएका डा.बंशीधर मिश्रलाई बैठकले पार्टी स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ । मिश्र यसअघि
एमाले केन्द्रीय कमिटी सदस्य हुन् ।
बैठकले डडेलधुराबाट नेकपा एमाले त्यागेर एसमा प्रवेश गरेका डा. तारा जोशी, नेकपा माले त्यागेका कुलप्रसाद फुयाँल, निलमणि बराललगायतलाई केन्द्रीय सदस्यमा मनोनित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । नेकपा माओवादी केन्द्रबाट औपचारिक रूपमा एस प्रवेश गर्नुअघि नै बैठकले झालाई सचिवालय सदस्यमा मनोनित गरेको हो ।

अर्थ समितिको बैठक आज एकैदिन दुई पटक बस्ने

वाइसीएल नेपालले श्रम तथा उत्पादन अभियान चलाउने

लुम्बिनी महामन्त्री विक्रम खनाललाई कांग्रेसले गर्यो पार्टीबाटै निस्कासन

प्रतिनिधिसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?
उद्धार, राहत र मानवीय सहयोगमा समन्वय गरी जुट्न कार्यकर्तालाई रास्वपाको आह्वान

रसुवामा बाढी : केन्द्रीय सुरक्षा समितिको बैठक १ बजे

सभापति देउवाद्वारा उद्धार र राहतमा जुट्न आग्रह

प्रतिक्रिया