प्रधानन्यायाधीश राणाले तोकेको इजलासमा नबस्न न्यायाधीशहरूलाई बारको पत्र

काठमाडौँ – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेको इजलासमा नबस्न आग्रह गर्दै सर्वोच्च अदालतका सबै न्यायाधीशलाई पत्र पठाएको छ ।
नेपाल बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले न्यायाधीशहरुलाई पत्र पठाइएको जानकारी दिए । उनले भने, ‘बिचौलियाका नाइके प्रधानन्यायाधीशले डाकेको इजलासमा नबस्न आग्रह गरेर न्यायाधीशहरुलाई पत्र पठाएका छौँ ।’
नेपाल बारले आज सबै न्यायाधीशहरूलाई प्रधानन्यायाधीशले तोकेको इजलास नबस्न, फूलकोर्ट बहिष्कार गर्न आग्रह गर्दै पत्र पठाएको नेपाल बारका सदस्य प्रकाश महर्जनले जानकारी दिए । उनले इजलास नतोक्न आग्रह गर्दै प्रधानन्यायाधीशलाई पनि पत्र पठाइएको बताए ।
नेपाल बारले दुई हप्तादेखि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन जारी राखेको छ । उनीहरूले बन्दीप्रत्यक्षीकरणका मुद्दा कहिले काहिँ भने हेरेका छन् । वकिलहरुले हातमा कालो पट्टी बाँधेर कात्तिक १४ गतेदेखि आन्दोलन गरेको छ ।

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

प्रतिक्रिया