विद्युतीय सामग्रीको प्रयोग बढाऔँ : ऊर्जामन्त्री

ललितपुर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन, कलकारखाना एवं सामग्रीको प्रयोग कम गर्दै लैजाने नीतिलाई प्राथमिकता दिने बताएकी छिन् ।
सामुदायिक रेडियो प्रसारक संघ (एकोर्याब) ले आज आयोजना गरेको ‘विपद् र सामुदायिक रेडियो’ विषयक अन्तरक्रिर्या कार्यक्रममा मन्त्री भुसालले अन्तराष्ट्रिय मञ्चमा नेपालले प्रतिबद्धता गरेको समयावधिभन्दा अगावै नेपालबाट पेट्रोलियम पदार्थको प्रयोग प्रतिस्थापन गर्न सकिने गरी योजना बनाउने बताइन् ।
उनले भनिन्, ‘विशेषज्ञ र सरोकारवालाई अध्ययन गराएर कार्यायोजना बनाउनेछु । त्यसैले अब हामी सबैले विद्युतीय सवारी खरिद गरौँ ।’
स्वदेशमै उत्पादन भएको विद्युत खपत गर्दा व्यापार घाटा कम गर्न सकिने विश्वास व्यक्त गर्दै उल्लेख गर्दै भनिन्, ‘स्वदेशी उत्पादन प्रयोग गर्दा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न र जलवायु परिवर्तनको मार न्यूनीकरणमा पनि मद्दत पुग्छ ।’
जलवायु परिवर्तनको असरलाई कम गर्नका लागि पनि हामीले विद्युतीय सामग्री प्रयोगमा बानी बसाल्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भनिन्, ‘हिउँ पग्लँदै छन्, हिउँपोखरीको जोखिम बढ्ने देखिएको छ । यस्ता जोखिम कम गर्न पनि हाम्रोतर्फबाट योगदान गरौँ ।’
विकसित राष्ट्रले गरेको गल्तीका कारण जलवायु परिवर्तनको नराम्रो असर नेपालमा पर्न थालेको बताउँदै उनले भनिन्, ‘मनाङलगायत जिल्लामा ठूलो भौतिक तथा मानवीय क्षति भएको छ, हामीले नखाएको विषको परिणाम हामीले भोगिरहेका छौँ ।’
विपद्का समयमा रेडियो भूमिका महत्वपूर्ण हुने बताउँदै उनले ‘विपद्का समयमा सबैभन्दा बढी प्रभावकारी एफएम नै हुन्छ । सूचना साझेदारीको काम गर्न तयार छौँ । सूचनाको माध्यम रेडियो भएको छ’ भनिन् ।
सरकार सामुदायिक रेडियोसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउँदै मन्त्री भुसालले जुनसुकै समयमा पनि सहजरुपमा रेडियो सुन्न सक्ने भएकाले रेडियो प्रभावकारी सूचना प्रवाह गर्ने माध्यम भएको बताइन् । भनिन्, ‘सञ्चारमा सबैभन्दा प्रभावशाली रेडियो नै छ ।’
जनताको प्रगतिमा आफू निरन्तर लाग्ने विश्वास दिलाउँदै उनले भनिन्, ‘समाजवाद उन्मुख समाज निर्माणको पहिलो दायित्व गरिबी निवारण नै हो ।’
मन्त्री भुसालले जनताको दैनिक जीवनमा प्रभाव पार्ने विद्युत् २६ लाख घरपरिवारलाई विद्युत् शुल्क निःशुल्क गरेको उल्लेख गरिन् ।
कार्यक्रममा एको¥याबका अध्यक्ष अर्जुन गिरीले कोभिड–१९ को सङ्क्रमण, भूकम्पको जोखिम एवं बाढी पहिरोका समयमा सामूदायिक एफएमहरूले महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै समूदायिक रेडियोका समस्यालाई राज्यले सम्बोधन गर्नुपर्ने बताए ।
कार्यक्रममा वरिष्ठ पत्रकार एवम् फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले सामूदायिक रेडियोले प्रविधिमात्र नभइ विषयवस्तुका सन्दर्भमा पनि विशेष ध्यान दिनुपर्ने समय आएको बताउँदै अभ्यासमा पनि सामूदायिक रेडियो भने भन्ने प्रमाणित गर्दै जानुपर्नेमा जोड दिए ।
कार्यक्रममा जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक कमलराज जोशीले सामुदायिक रेडियोसँग सहकार्य गरेर विपद्का सूचना प्रवाह गर्न विभाग तयार रहेको त्यसका लागि प्रक्रिया अगाडि बढाउने बताए ।
त्यसैगरी पूर्व अध्यक्षहरू मीनबहादुर शाही र सुवास खतिवडाले विपद्का समयमा रेडियो भूमिका महत्वपूर्ण हुने भएकाले राज्यले सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा बीबीसी नेपाली सेवाका प्रमुख जितेन्द्र रावतले स्रोताको आवश्यकताअनुसार विषयवस्तु उत्पादन गर्न सक्दा नै रेडियोको जिम्मेवारी पूरा हुने बताए ।
(रासस)

औद्योगिक विकासका लागि नीतिगत स्पष्टता र सुरक्षाको प्रत्याभूति आवश्यक : पूर्वअर्थम…

पठाओ पार्सलको अफरः समयमै सामान नपुगे मर्चेन्टलाई सामान बाराबरको पैसा र सामा…

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

माइडियाले ल्यायो १० वर्षे म्याग्नेट्रोन वारेन्टी र इन्भर्टर क्वाट्रो टेक्नोलोजीसहित…

बिगमार्टमा एससीटीको ‘स्मार्ट जुलाई अफर’: युपीआई कार्डमार्फत भुक्तानी गर्दा १० प्…

ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह

प्रतिक्रिया