एमाले बाँकेले महाधिवेशन प्रतिनिधि छान्यो
बाँके - नेकपा एमालेले आसन्न १० औं राष्ट्रिय महाधिवेशनका लागि बाँकेबाट सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरेको छ । जिल्लास्थित पालिका कमिटी, वडा कमिटी र जिल्ला कमिटी सचिवालय सदस्यहरूको म्यान्डेटको आधारमा नेतृत्वले सर्वसम्मत रूपमा प्रतिनिधि छानेको हो ।
एमाले बाँकेका उपसचिव प्रमोद धितालले दिएको जानकारीअनुसार क्षेत्र नम्बर १ बाट देवराज भार, सूर्य ढकाल, प्रेम भुसाल, वसन्ती अधिकारी र भारती खनाल छनोट भएका छन् । यसैगरी क्षेत्र नम्बर २ बाट पार्टी जिल्ला अध्यक्ष निरक गुरुङ, अशोक कर्माचार्य, हलिम शाह, विजया धिताल छानौट भएका छन् । क्षेत्र नम्बर ३ बाट पार्टी उपाध्यक्ष किस्मत कक्षपति, सचिव रत्न खत्री, घननाथ खनाल र भूमिसरा धिताल प्रतिनिधि चयन भएका छन् ।
बाँकेमा थारु र मधेशी बाहुल्यता क्षेत्र भएको अवस्थामा पार्टी महाधिवेशनको प्रतिनिधि छनोट प्रकृयामा मधेसी र थारुलाई किनारा लगाएर प्रतिनिधि छनोट गरिएको भन्दै केही असन्तुष्टि देखा परे पनि आफुहरूलाई प्राप्त म्यानुडेट अनुसार समानुपातिक तरिकाले प्रतिनिधि छनोट गरेको अध्यक्ष निरक गुरुङले जानकारी दिए ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया