बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

भन्सार सहजीकरणका लागि विभागलाई चेम्बर्सको सुझाव

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सले भन्सार सहजीकरणका लागि भन्सार विभागलाई सुझाव दिएको छ । भन्सार कार्यालयमा मालसामान सरल र सहज तवरले जाँचपास नभई मालसामानका गाडीहरू धेरै नै पर्खाइमा रहेको र भन्सार कार्यालयहरूमा पर्याप्त मात्रामा कर्मचारीसमेत नरहेको भन्ने गुनासो आएको भन्दै चेम्बरले गुनासो गरेको छ ।

विभागले न्यून विजिकरणलाई हतोत्सायी गरी वास्तविक बिललाई प्रोत्साहन गर्न बेला बेलामा विभिन्न परिपत्र गरेको कुरा सकारात्मक भए पनि जेनुयन र एक्चुअल बिलमा कारोबार गर्ने आयातकर्तालाई मार नपर्ने नीति बनाउन उपयुक्त हुने भन्दै समितिले सुझाव दिएको हो ।

भन्सारको मुख्य काम व्यापार सहजीकरण गर्ने हुनुपर्ने एवम् राजश्व संकलनको मेरुदण्ड मु.अ.कर  तथा आयकर हुनुपर्ने कमर्सको सुझाव छ । विभागले व्यापारीका सामानको मुल्यांकन गर्न कारोबार मूल्यलाई मान्यता दिने र न्यूनविजिकरण भएको शंका लागेमा भन्सार बिन्दुमा नै त्यस्ता सामान खरिद गर्ने अथवा सामान जाँचपास गरेपश्चात पीसीए, डीआरआई, आइआरडीलगायतले निगरानी गर्ने व्यवस्था गर्नुपर्ने भन्दै चेम्बरले विभालाई सुझाव दिएको हो ।