आयल निगमका कर्मचारीले वाणिज्य बैंकबाट विनाधितो कर्जा पाउने
काठमाडौँ – नेपाल आयल निगमका कर्मचारीले अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबाट विनाधितो कर्जा पाउने भएका छन् । निगममा न्यूनतम दुई वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीले निगमको सिफारिसमा अधिकतम १५ लाख रूपैयाँसम्म बिनाधितो पेशाकर्मी सरल कर्जा पाउने छन् ।
बैंक र निगमबीच तलबी बचत खाता सञ्चालन तथा विनाधितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएपछि निगमका कर्मचारीले यस्तो सुविधा पाएका हुन् । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ र निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले आइतबार हस्ताक्षर गरेका छन् ।
बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही कर्मचारीले विनाधितो कर्जा पाउने छन् । बैंकले आधार दरमा दुई प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा दिनेछ । हाल बैंकको आधार दर पाँच दशमलव ४१ प्रतिशत छ । सम्झौताअनुसार निगमका कर्मचारीको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्झौतापश्चात दुवै पक्ष लाभान्वित हुने बैंकको विश्वास छ ।
कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, मुख्य शाखा कार्यालयकी शाखा प्रबन्धक दुर्गाकुमारी छत्कुल्ली कँडेल, विभागीय प्रमुख सरोज बस्नेत, सहायक शाखा प्रबन्धक हेमराज खरेल, निगमका निमित्त निर्देशक सुष्माकुमारी कर्णलगायत उपस्थित थिए । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा दुई सय ५६ वटा शाखा कार्यालय, दुई सय १८ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ ।
राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो

एभरेष्ट बैंकको १३२औँ शाखा कमलामाईमा
पौडेललाई गभर्नर बनाउने सहमति

सरकारले कडाईका साथ एमआरपी कार्यान्वयन गर्ने

जसले अचार बेचेरै कमाउँछन् महिनाको ६० हजार

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया