विधानविपरीत प्रतिनिधि छनोट भएपछि एमाले कैलालीमा विवाद
'सत्ताको घिनलाग्दो दुरूपयोग भयाे'
धनगढी - विधि, पद्धतिलाई लत्याउँदै महाधिवेशन प्रतिनिधि छनोट गरिएको भन्दै कैलाली क्षेत्र नम्बर ५ मा एमालेका कार्यकर्ताले विरोध जनाएका छन् । १० मसिरदेखि चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा काठमाडौंका नेताको आदेशअनुसार प्रतिनिधि छनोट गरिएको भन्दै असन्तुष्ट पक्षले विज्ञप्तिसमेत जारी गरेको छ ।
महाधिवेशन प्रतिनिधि छनौटको विषयमा असुन्तुष्टि जनाउँदै एमाले नेता शम्भु कुँवर, तेज रावल, तारा कलेल र मिठ्ठु कुँवरले विज्ञप्ति जारी गरेका हुन् । पार्टी विधानविपरीत अवैधानिक रूपमा महाधिवेशन प्रतिनिधि छनोट गरिएको उनीहरूको आरोप छ ।
‘आधिकारिक रूपमा जनताको बहुदलीय जनवादलाई सिद्धान्तको रूपमा अगिंकार गरेको पार्टीले आन्तरिक प्रतिस्पर्धा गर्न, गराउनबाट वञ्चित गराउनु भनेको जनताको बहुदलीय जनवादकै खिलाफ रहेको हाम्रो बुझाइ छ’, जारी विज्ञप्तीमा भनिएको छ, ‘यो एकात्मक निरंकुश शैली हो ।’
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट एमाले जिल्ला उपाध्यक्ष रणबहादुर चन्द, धर्मराज पाठक, जीवन बम, राजेश खाती, डिल्लीराज खड्का, झुमा चौधरी र छाया थापा महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।
कैलालीमा महाधिवेशन प्रतिनिधि छनोट गर्दा पार्टी सत्ताको घिनलाग्दो दुरूपयोग भएको भन्दै एमाले नेता तथा सांसद झपट रावलले चर्को असन्तुष्टि जनाए । नेता रावलले शनिबार साँझ ट्वीट गर्दै कार्यकर्ताको प्रतिनिधि चुन्ने र चुनिने सार्वभौम अधिकारको चीरहरण भएको भन्दै नेतृत्वले जबजको उपहास गरेको आरोप लगाएका थिए ।

अर्थ समितिको बैठक आज एकैदिन दुई पटक बस्ने

वाइसीएल नेपालले श्रम तथा उत्पादन अभियान चलाउने

लुम्बिनी महामन्त्री विक्रम खनाललाई कांग्रेसले गर्यो पार्टीबाटै निस्कासन

प्रतिनिधिसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?
उद्धार, राहत र मानवीय सहयोगमा समन्वय गरी जुट्न कार्यकर्तालाई रास्वपाको आह्वान

रसुवामा बाढी : केन्द्रीय सुरक्षा समितिको बैठक १ बजे

सभापति देउवाद्वारा उद्धार र राहतमा जुट्न आग्रह

प्रतिक्रिया