विवेकशील साझाका १२ नेताले छाडे पार्टी
पोखरा- गण्डकी प्रदेशका १२ जना नेताले विवेकशील साझा पार्टी छोडेको घोषणा गरेका छन् । आइतबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर उनीहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडेको घोषणा गरेका हुन् ।
उनीहरूले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले एकलौटी रुपमा पार्टी चलाउन खोजेको आरोप लगाएका छन् । केन्द्रीय सदस्य दीपक पौडेल, युवा संगठनका केन्द्रीय सदस्य प्रकाश आचार्य, गण्डकी प्रदेश सदस्य एवं अभियान विभाग प्रमुख अशोक खड्का, कार्यालय व्यवस्थापन प्रमुख सुदीप ओझा, संगठन विभाग प्रमुख पदम न्यौपाने, तनहुँ जिल्ला संयोजक एवं प्रदेश सदस्य सागर घिमिरे, युवा संगठन केन्द्रीय सदस्य मनिषा मगर, ब्यास नगर संयोजक सलमान अलि, युवा संगठनका केन्द्रीय सदस्य महेन्द्र आचार्य, स्याङ्जा जिल्ला संयोजक भिमनारायण कोइराला, तनहुँको म्याग्दे गाउँपालिका संयोजक विश्वराज अछामे र विप्लता ढुङ्गानाले पार्टी छोडेको घोषणा गरेका हुन् ।
‘दुई वैकल्पिक पार्टी एकतापश्चात नेतृत्वले पार्टीलाई सही दिशा दिन सकेन । पद्धति, पारदर्शिता, इमान्दारीता, उत्कृष्टता, समानुभूति र साहस जस्ता कुरालाई मूल आधार बनाएर देशको अवस्था परिवर्तनको यात्रामा हिँडेका हामीहरू नेतृत्वको गलत कुरालाई मान्न कदापी तयार हुदैनौं,’ उनीहरूले भनेका छन्, ‘वैकल्पिक राजनीतिलाई विवेकशील साझा पार्टीको वर्तमान नेतृत्वले मृत्युशैय्यामा पुर्याएको हाम्रो ठहर छ ।’
पार्टीका अध्यक्ष मिश्रले एकताको मर्म विपरीत एकल दस्तावेज सार्वजनिक गरी पार्टीको विधान विपरीत कार्य गरेकोमा उनीहरूले आपत्ति जनाएका छन् । ‘एकता महाधिवेशन छाडेर पार्टीको लाइन विपरीतका मुद्दाहरूलाई बहसमा ल्याएर पार्टी अध्यक्षले वैकल्पिक राजनीतिको गलत ब्याख्या गरेको हाम्रो बुझाई हो,’ विज्ञप्तीमा भनिएको छ, ‘अध्यक्ष मिश्रको यो कदमले देशको अवस्था परिवर्तन गर्ने सपना साँचेर वैकल्पिक राजनीतिमा लागेका युवाहरूको घोर अपमान भएको छ ।’ उक्त पार्टीमा रहिरहे समय वर्वाद हुने उनीहरूको तर्क छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया