वैकल्पिक बाटो प्रयोग गरेर सर्वोच्च छिरे प्रधानन्यायाधीश जबरा

काठमाडौं - राजीनामा माग्दै नेपाल बार एसोसिएसनले अदालत प्रवेशमा रोक लगाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वैकल्पिक गेट प्रयोग गरेर अदालत प्रवेश गरेका छन् । कानुन व्यवसायीले सर्वोच्च प्रवेश गर्ने मुल ढोका र महान्यायाधिवक्ता कार्यालय अघिका दुईवटा गेटमा धर्ना दिएपछि जबरा तेस्रो गेटबाट प्रवेश गरेका हुन् ।
अदालत छिर्न सर्वोच्च अदालतअघि दुईवटा, नेपाल बार एसोसिएसन कार्यालय छेउमा अर्को, महान्यायाधिशवक्ता कार्यालयभित्रबाट छिर्ने अर्को सानो ढोका र सिंहरदरवार भित्र रहेको अदालतको एनेक्स भवनमा अर्को गेट छ । जबरा अघिल्ला ढोका बन्द भएपछि एनेक्स भवनपट्टीको गेटबाट अदालत प्रवेश गरेका हुन् । यसअघि उनले निवासबाटै मुद्दाको पेसी तोकेका थिए ।
वैकल्पिक बाटोबाट प्रधानन्याधीश सर्वोच्च प्रवेश गरेपछि आन्दोलित वकिल र प्रहरीबीच धकेलाधकेल भएको छ। मूलगेटमा धर्ना बस्ने क्रममा प्रहरी र कानुन व्यवसायीबीच केही बेर सामान्य धकेलाधकेल भएको हो। प्रहरी र कानुन व्यवसायीबीचको तनाबका कारण रामशाह पथमा यातायातसमेत अवरुद्ध भएको छ ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया