सर्वोच्चमा प्रधानन्यायाधीशलाई पूर्ण निषेधको तयारी

काठमाडौँ - राजीनाको माग गर्दै आन्दोलन गरिरहेका कानुन व्यवसायीले आज पनि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रवेश गर्न नदिने तयारी गरेका छन् । दुई हप्तादेखि धर्ना दिइरहेका कानुन व्यवसायीले आज प्रधानन्यायाधीश राणालाई पूर्ण निषेध गरेर प्रवेश गर्नै नदिने तयारी गरेका हुन् । यसअघि शुक्रबार पनि प्रधानन्यायाधीश राणालाई रोक्ने तयारी भएपनि उनी अर्को गेटबाट सुटुक्क प्रवेश गरेका थिए ।
आइतबार बिहान ९ बजेदेखि मध्यान्हसम्म धर्ना जारी राख्ने बार एशोसिएसनको निर्णय छ । बार एसोसिएसन आजदेखि देशभर आन्दोलन गर्दैछ । यसअघि सर्वाेच्च अदालत, विशेष अदालत र काठमाडौं उपत्यकास्थित अदालतमा कालोपट्टी बाँधेर आन्दोलन हुँदै आएकामा आजदेखि आन्दोलन देशभर विस्तार हुन लागेको हो ।
बारका महासचिव लीलामणि पौडेलका अनुसार काभ्रे र उपत्यकाभित्रका सबै जिल्ला अदालत, न्यायाधिकरण, विशेष अदालतमा दिउँसो १२ बजेसम्म मुद्दा सुनुवाइ नगर्न आग्रह गरिएको छ । उपत्यका र काभ्रेबाहेकका बार इकाइले कालोपट्टि बाँधेर काम गर्ने कार्यक्रम रहेको पौडेलले बताए ।
बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनमा छ । लगातार राजीनामा माग गरेर आन्दोलन चर्काउँदा पनि प्रधानन्यायाधीश राणाले राजीनामा नदिएपछि बारले देशभर आन्दोलन चर्काउने निर्णय गरेको हो ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया