खोटाङबाट एमाले महाधिवेशन प्रतिनिधि छनोट
खोटाङ - नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा खोटाङबाट सहभागी हुने प्रतिनिधि छनोट भएका छन् । शनिबार महाधिवेशन प्रतिनिधि छनोट कार्यदलको बैठकले महाधिवेशनमा सहभागी हुने १४ प्रतिनिधिको नाम सहमतिबाट टुंगो लगाएको हो ।
मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि हरि पोखरेल, पाँचकर्ण (पिके) राई, उषाकला राई, राम दंगाल, इन्द्र दंगाल, खडेन्द्र राई, देवविक्रम राई, कुमार आचार्य, दिपनारायण रिजाल, चर्चबहादुर विश्वकर्मा, चक्रबहादुर (दिलचक्र) राई, वीणादेवी राई, गोमा मगर र पुष्पकला भुजेल प्रतिनिधि चयन भएका छन् ।
यस्तै, केन्द्रीय कमिटीबाट मनोनीत हुनेगरी सुरेन्द्र राई र दिलकुमारी राईको नाम सिफारिस गरिएको महाधिवेशन प्रतिनिधि छनौट कार्यदलका संयोजक एवम् एमाले केन्द्रीय सदस्य विशाल भट्टराईद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । सिफारिस गरिएकामध्ये केन्द्रीय कमिटीबाट कम्तीमा एक जना प्रतिनिधि छनोट हुने एमाले खोटाङका अध्यक्ष राम दंगालले बताए ।
केन्द्रीय कमिटीमा रहेका कारण प्रतिनिधिसभा सदस्य भट्टराई, खगेन्द्र राई र केन्द्रीय अनुशासन आयोगका सदस्य कर्णबहादुर घले स्वतः महाधिवेशन प्रतिनिधि हुने छन् । यस्तै, नेपाल खेलकुद महासंघकातर्फबाट महासंघकै अध्यक्ष रमेशकुमार पौडेल महाधिवेशन प्रतिनिधि चयन भएको एमालेले जनाएको छ ।
बिहीबार बसेको जिल्ला कमिटीको बैठकले सचिवालय कमिटीलाई प्रतिनिधि छनोटको जिम्मा दिएको थियो । यस्तै, शुक्रबार बसेको सचिवालयको बैठकले महाधिवेशन प्रतिनिधि छनोट कार्यदल बनाएर सोही कार्यदललाई प्रतिनिधि छनोट गर्ने जिम्मेवारी दिइसकेको हो ।

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः …
एमालेमा आफ्नो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछः भण्डारी

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

प्रतिक्रिया