समूह बनाउने बहानामा लाखौं ठगी, सञ्चालक फरार
दाङ – समूह बनाउने बहानामा दाङमा सर्वसाधारणबाट लाखौं रकम ठगी भएको छ । कैलाली घर बताउने फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेनिङ नामक कम्पनीका संयोजक मानबहादुर देउवाले तुलसीपुरका किसान र सर्वसाधारणबाट लाखौं रकम ठगेर सम्पर्कविहीन बनेपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका छन् ।
तुलसीपुर उपमहानगरपालिका – ६ डुम्रीगाउँमा रहेको कम्पनीको प्रबन्धकमा मानबहादुर देउवा र संयोजकमा सुरेश घले आपसमा मिलेर सर्वसाधारणलाई ठगी गरेको पीडितले बताएका छन् ।
कम्पनीबाट सामाजिक परिचालकहरू परिचालन गरी एक हजार तीन सय कृषकबाट प्रति कृषक पाँच सयका दरले संकलन गरेको ६ लाख ६५ हजार, कर्मचारीको बिमा बापतको नौ लाख पाँच हजार र कर्मचारीको तलब ५३ लाख ७७ हजार आठ सय गरी ६९ लाख ४७ हजार आठ सय रकम ठगेर भागेको दंगीशरण गाउँपालिकाका सामाजिक परिचालक प्रदीप वलीले बताए ।
स्थानीय प्रशासनमा असोज ४ गते पीडितले दिएको जाहेरीमा झन्डै ७० लाख रकम हिनामिना गरी कम्पनीका प्रबन्धकमा मानबहादुर देउवा र संयोजकमा सुरेश घले २०७७ माघ महिनादेखि सम्पर्कविहीन रहेको उल्लेख छ । उनीहरूले दाङ सहित दार्चुला, कञ्चनपुर, कैलाली, डोटी, डडेलधुरा, बर्दिया, काभ्रे र नुवाकोट जिल्लामा समेत गरी ९ जिल्लामा पुगेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया