इन्धनको मूल्यवृद्धि कुनै पनि हालतमा फिर्ता लिइनुपर्छ : धमेन्द्र बास्तोला

काठमाडौँ - नेकपाल कम्युनिस्ट पार्टी (नेकपा)ले इन्धनमा सरकारले गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने बताएको छ । पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी सचिवालय सदस्य धमेन्द्र बास्तोलाले सरकारले इन्धनमा गरेको मूल्यवृद्धिले जनतालाई प्रत्यक्ष असर गरेको बताउँदै मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने बताएका हुन् ।
‘सरकारले इन्धनमा मूल्यवृद्धि गरेपछि बजारमा महँगी बढेको छ। यसको प्रभाव बाजारमा मात्र होइन अन्य हरेक क्षेत्रमा पनि परेको छ । मूल्यवृद्धि फिर्ता गराउनका लागि हामीले सरकारसँग कुरा गर्यौं । पहिलो शर्त यो मूल्यवृद्धि फिर्ता लिनुपर्छ,’ बास्तोलाले भने ।
चोरी निकासी र भ्रष्टाचारका कारण सरकारले इन्धनमा मूल्यवृद्धि गर्नुपर्ने अवस्था आए त्यस्ता प्रकारका कार्यलाई सरकारले नै नियन्त्रण गर्नुपर्ने उनले बताए । सर्वोच्च अदालतको घटनाले आफूहरूलाई दुःखी बनाएको उनको भनाइ छ । कार्यपालिकाकै इच्छमा व्यवस्थापिका र न्यायपालिका चलेकाले अहिलेको अवस्था निम्तिएको तर्क गर्दै उनले संसदीय व्यवस्था रहुन्जेल न्यायपालिकामा सुधार नआउने ठोकुवा गरे ।
संसदीय व्यवस्था कि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था भन्ने जनमत संग्रहको चुनावमा नेकपा जाने तर अहिलेको व्यवस्थाको आमनिर्वाचनमा भाग नलिने उनले स्पष्ट पारे । उनले नेकपा र केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने पनि बताए । ‘तीन बुँदे सहमति कार्यान्वयन भएको छैन । सरकारले सो सहमति कार्यान्वयन हुन्छ भनेको छ तर हुन सकेको छैन। सहमति कार्यान्वयनको विषय जनतासँग नितान्त सम्बन्धित छ,’ उनले भने ।

भ्रष्टाचार अन्त्यका लागि सुशासन अपरिहार्य : शेखर कोइराला

भूमि विधेयक कार्यकर्ता पाल्नेगरी आयोः राप्रपा सांसद कार्की

भूमि विधेयक फिर्ता लिन सरकारलाई माओवादीको आग्रह

अध्यादेशमा शासन चलाउने ठाउँमा नपुर्याउन संवैधानिक परिषद्सम्बन्धी विधेयक चाँड…

छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकता : वर्षमान पुन

प्रतिक्रिया