कुटपिटका फरार कसुरदार साढे ६ वर्षपछि पक्राउ
कञ्चनपुर : कुटपिट अंगभंग मुद्दामा करिब दुई वर्ष जेल सजाय र दस हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका एक व्यक्तिलाई जिल्ला प्रहरी कञ्चनपुरले आज पक्राउ गरेको छ ।
कञ्चनपुर जिल्ला अदालतले २०७१ चैत २२ गते भीमदत्त नगरपालिका वडा नं. ४ का सन्दीप साहलाई कुटपिट अंगभंग मुद्दामा एक वर्ष ११ महिना र पाँच दिन कैद तथा दस हजार जरिवाना गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार साहलाई निजकै घर ठेगानमा पक्राउ गरी अदालत पेश गरिएको थियो । अदालतबाट कैदी पुर्जी जारी गरी सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया