पल शाहको कार्यक्रममा पत्रकारलाई निषेध !

काठमाडौँ - समीक्षा अधिकारीसँगको अफेयरको खबर सार्वजनिक भएसँगै पत्रकारसँग चिढिँदै आएका पल शाहले पत्रकार सम्मेलनमा नै पत्रकारलाई अवरोध गर्न थालेका छन् । शनिबार सार्वजनिक हुने एउटा गीतको कार्यक्रममा पलको इशारामा आयोजकले पत्रकारलाई छिर्नै दिएनन् ।
शनिबार पल शाह अभिनीत ‘तिमीलाई हेरेर’ बोलको गीतको भिडियो सोल्टीमोडस्थित न्यु हायात होटलमा सार्वजनिक गर्ने कार्यक्रम थियो । कार्यक्रमको बारेमा थाहा पाएर समाचार संकलनका लागि गएका पत्रकार त्यतिबेला छक्क परे जतिबेला गार्डले उनीहरूलाई छिर्न दिएन ।
र्यक्रममा जान नपाएका पत्रकारका अनुसार होटलका सुरक्षाकर्मीले कार्ड हुनेले मात्र छिर्न पाउने भन्दै विना कार्ड त्यहाँ पुगेका पत्रकारलाई फर्काइदिएका थिए । नेपाली फिल्म वा म्युजिक भिडियोको कुनै पनि कार्यक्रममा पत्रकारलाई कार्ड मागेर नहुँदा फर्काइएको यो पहिलो घटना थियो ।
‘आजसम्म कहिलै यस्तो भएको थिएन । हामीलाई कार्ड चाहिन्छ भन्ने पनि थाहा थिएन । तर आज बेइज्जत भएर फर्कनु पर्यो,’ पल शाहको कार्यक्रममा छिर्न नपाएकी एक पत्रकारले इकागजसँगको कुराकानीमा भनिन् ।
समीक्षासँगको अफेयरको खबर सार्वजनिक भएसँगै म्युजिक भिडियो सार्वजनिकीकरणका कार्यक्रमबाट भाग्दै आएका पल लामो समयपछि मिडिया सामु आउन तयार भएका थिए । यसअघि उनी आउने भनेर ५ घन्टासम्म कुर्ने गरेका पत्रकार खाली हात फर्कँदै आएका थिए ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया