कर्णालीमा मन्त्रिपरिषद् विस्तार गर्न सकस

सुर्खेत - कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार गर्न ढिलाइ भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाही नियुक्त भएको एक साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । तिहारलगत्तै मन्त्रिपरिषद् विस्तारको काम गर्ने भनिए तापनि भागवण्डा नमिलेका कारण विस्तारमा ढिलाइ भएको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ ।
कर्णालीमा नेकपा माओवादी, नेपाली काँग्रेस र एकीकृत समाजवादीको गठबन्धन सरकार बन्न लागेको छ । नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी बन्दै छन् । गत वैशाख दुईमा भएको सहमतिअनुसार मन्त्रालयको भागबन्डा मिलाउन तीनवटै दलबीच यतिबेला छलफल भइरहेको छ ।
प्रदेशसभामा दोस्रो स्थानमा रहेको माओवादी केन्द्रले चार मन्त्री दाबी गरेको छ । सकेसम्म चार र नपाए तीन मन्त्रालय कुनै हालतमा नछोड्ने उसको रणनीति छ । एकीकृत समाजवादीले पनि तीन मन्त्रालय दाबी गरेको छ । यता कांग्रेस पनि मुख्यमन्त्रीसहित सकभर दुई मन्त्रालय नछोड्ने रणनीतिमा छ । तीन दलका आ-आफ्नै अडानका कारण मन्त्रीपरिषद्लाई पूर्णता दिन ढिलाइ भएको छ ।
कर्णालीमा मुख्यमन्त्रीसहित आठ वटा मन्त्रालय छन् । कसले कति मन्त्रालय लिने र कुन मन्त्रालय कसलाई दिने भन्नेमा सहमति नजुट्दा सरकार गठनको समय लम्बिदै गएको छ । मन्त्रालयको भागवण्डाको विषयलाई लिएर मुख्यमन्त्री जीवनबहादुर शाही अप्ठ्यारोमा परेका छन् ।
सत्ता साझेदार दलबीचको बैशाख दुई गतेको सहमतिअनुसार महेन्द्रबहादुर शाहीले कार्तिक १५ गते राजीनामा दिएपछि १६ गते कांग्रेस संसदीय दलका नेता शाही मुख्यमन्त्री नियुक्ति भएका छन् । त्यसलगत्तै सरकार विस्तारको तयारीमा लागेका उनी अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । मन्त्रिपरिषद् विस्तारको लागि छलफल भइरहेको नेपाली काँग्रेस संसदीय दलका सचेतक हिमबहादुर शाहीले जानकारी दिए ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_MULYYg7Qrp_qpsa4614zqzwjiqhrpr68bu68lbqie4tvxiqo4zsvc3grm0omju0fiqinquc.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया