सुर्खेतका ९९ वडामा अधिवेशन सुरु

सुर्खेत - सुर्खेतमा काँग्रेसको वडा अधिवेशन आजदेखि सुरु भएको छ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु भएको काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जानकारी दिए ।
रेग्मीकाअनुसार अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत खटाइसकिएको छ । रेग्मीले जिल्लाका ९९ वटै वडामा तयारी पुरा भइसकेको जनाए । जिल्लामा झण्डै ११ हजार ५ सय बढी क्रियाशील सदस्य छन् ।
यसअघि सुर्खेतमा अखण्ड नेपाल पार्टीबाट समायोजन भई आएकालाई क्रियाशील सदस्यता दिने विषयमा विवाद थियो । पार्टी केन्द्रले अखण्ड नेपालबाट आएका एक सय ९९ लाई सदस्यता दिने परिपत्र पठाएपछि विवाद उत्पन्न भएको थियो ।
सदस्यताका विषयमा विवाद समाधान भएपछि अधिवेशनको काम अघि बढाएको सभापति रग्मीको भनाइ छ । अधिकांस वडाहरूमा सहमतिको प्रयास गरिएको भएता पनि वीरेन्द्रनगरका केही वडाहरुमा चुनाव गर्नुपर्ने अवस्था सिर्जना हुने देखिएको काँग्रेस नेताहरूको भनाइ छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया