कंगना रनावतको पद्यश्री फिर्ता लिन माग गर्दै आन्दोलन

मुम्बई - दिनैपिच्छे बोलीका कारण विवादमा पर्ने कंगना रनावत दुई तीन दिनयता नयाँ विवादमा परेकी छिन् । उनले भारतले असली स्वतन्त्रता नरेन्द्र मोदी सत्तामा आएपछि मात्रै आएको र सन् १९४७ मा पाएको स्वतन्त्रता भिख भएको टिप्पणी गरेपछि आम आदमी पार्टी , शिव सेना र एनसिपीले विरोध गरेका हुन् ।
यति मात्र होइन् एनसिपीका कार्यकर्ताले त कंगनाको घर अगाडि गएर प्रदर्शन गरेका छन् । उनीहरूले कंगनामाथि देशद्रोहको मुद्दा दायर गर्नुपर्ने माग पनि गरेका छन् । योबाहेक धेरैले कंगनाले भर्खरै पाएको पद्यश्री अवार्ड फिर्ता अवार्ड लिनुपर्ने आवाज पनि उठाएका छन् ।
कंगनाले भने आफू बोलेको कुरामा अडिग रहँदै इन्स्टामा स्पष्टिकरण दिएकी छिन् । उनले सन् १९४७ मा स्वतन्त्रताका लागि कसैले लडेको आफूलाई थाहा नपाएको बताउँदै यदि कसैले यो विषयमा मलाई जानकारी गराए म आफैँ पद्यश्री अवार्ड फिर्ता गर्छु । उनले सन् १९४७ यता देखाउनका लागि मात्र स्वतन्त्रता भएको बताउँदै उनले चेतना र विवेकको स्वतन्त्रता सन् २०१४ यता मात्र पाएको बताएकी हुन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया